Loading...

MNO-DGG नै किन ?

7 months ago
नेपालको इतिहासमा नलेखिएका तथ्याहरु हाम्रो अघिलतिर ल्याइदिएको छ किन की यसले माउ बिनाको चिङना बनाइएका मंगोलहरुलाइ माउले झैं जगेराको काम गर्ने छ । हामीलाइ थाहा नै थिएन हामी मंगोल हौं भनेर । कुनै छट्टुले हामीलाइ टट्टु बनाउनको निम्ती भनिदिन्थे–मंगोल भनेको मंगोलियाबाट आएको हो भनेर । हामी पत्याउंथ्यौं र गोपाल गुरुङलाइ सरापथ्यौं पनि हामीलाइ विदेशी बनायो भनेर । तर हामीमा गहिरो अध्ययनको अभावले नै यसो भएको रहेछ बल्ल बुझ्न थाल्यौं । हामीलाइ शब्दको अर्थ र असर थाहा नै रहेनछ त्यसैले हामीले आफूलाइ घिन लाग्दो शब्द मतवाली प्रयोग गर्दा गर्व गथ्र्यौ अब चाही आदिबासी—दलित जनजातीमा झरयौं । मूलबासी त हाम्रो निम्ती झनै डरलाग्दो शब्द थियो त्यसैले हामीलाइ मंगोल र मूलबासी शब्द विष्फोटक पदार्थ जस्तो लाग्थ्यो किन की यो शब्द बाहुन—छेत्रीले होइन गोपाल गुरुङले बोलेको शब्द थियो । बाहुन छेत्रीले बोलेको कुरामात्र हाम्रो निम्ती अकाट्य र सर्वमान्य हुन्छ, यो दासताको झलक हो । यो पत्याउनु र पचाउनु नै गाह्रो थियो हामीलाइ । नेपालका ८० प्रतिशत अहिन्दु मूलबासी मंगोल माउ बिनाको चिङना जस्तै अवस्थामा पुर्‍याइएको थियो । अब आक्रमणकारी बाज, चिल, काग आदीबाट आक्रमण हुँदा झम्टन र बचाउनको निम्ती भद्रगोल जेलभित्र अनेकौ दुःख कस्टका साथ मंगोल दर्शनको प्रतिपादन गर्नु भएको रहेछ । गोपाल गुरुङ जेल पर्नु भए पछि बिरामी हुंदा पंचायती मण्डले सर्कारले समयमा हस्पिटल नलैजांदा ठूलै संघर्ष गर्नु परेथ्यो उहांले । उहांको जेल चलानको कुरा नेपालको समाचार पत्रहरुले नछापे पनि र नेपालमा मानव अधिकार संग सम्बन्धित कुनै पनि संघ संस्थाले आवाज नउठाए पनि Amnesty International London, Human Rights London, PEN London, Press Foundation of Asia (PFA) Manila, Philipines (उहां यसको कनसलट्याण्ट र कोओरडिनेटर पनि हुनु हुन्छ), Lubis Mochtar, Director General PFA Jakarta, Indonesia / Human Rights Denmark ले जोडदार कलम चलाए । Mochtar Lubis ले भूत दर्बार लगायत प्रधान मंत्रीलाई धम्कीसाथ पत्र लेखेका थिए भने Denmark को Human Rights bulletin AKTION मा फोटो सहित छापेर उहांको रिहाइको माग गर्न लागे पछि त डेनमार्कमा कतिपय स्कूलहरुमा पनि गोपाल गुरुङको विषयमा विद्यार्थीहरुलाई शिक्षकहरुले जानकारी गराउने क्रम जारी राखे । जेल जीवनमा विध्यार्थी लगायत मेयर र विभिन्न पेशा संग सम्बन्धित व्यक्तिहरुले सान्त्वनाका चिठीहरु लेखे । गोपाल गुरुङको विषयमा सिकिमबाट प्रकाशित हुने एउटा साप्ताहीक समाचार पत्रले गुरुङको फोटो सहित राजनितीमा दक्षिण अफ्रिकी नेलशन मण्डेला र लेखनशक्तिमा बंगला देशकी लेखिका तसलिमा नसरीनसंग दांजेर प्रकाशित गरेको थियो भने जर्मनीबाट एकजना जर्मन लेखकले जर्मनी भाषामा लेखेका थिए । मलाई लाग्छ त्यसताका संसारका तीन जना कलम बाजहरुले ज्यानको खत्रा मोलेर सास्ती सहिरहेका थिए । तिनीहरु हुन सलमान रुस्दीले सेटानिक भर्सेस लेख्ता वर्षौ वर्ष भूमिगत जीवन जिउनु पर्‍योस तसलिमा नसरिनले लज्जा लेखेकीले आज पनि शरणार्थी जीवन बिताइरहेकी छन भने गोपाल गुरुङले नेपाली राजनितीमा अदेखा संचाइ लेख्ता जेलको सास्ती भोग्नु पर्‍यो । संयोगवस बहुदल आएकोले छुट्नु पाउंनु भयो । उहां जेल मुक्त भए पछि बधाइका थुप्रै चिठीहरु आए, डेनमार्क, भोटाङ, दार्जीलिङ, भारतका विभिन्न भेगहरु र इण्डोनेसियाबाट । युके, निदरल्याण्ड, अमेरिकाबाट बोल्नका निम्ति निम्तो पाए । बोल्ने क्रममा गोपाल गुरुङ मुम्बइ, नागपुर, चन्द्रपुर, बल्लारपुर पुग्नु भयो र बल्लारपुरमा त्याहांका मेयरले नागरिक अभिनन्दन र पारितोसिक दिने काम पनि गरे । गोपाल गुरुङको विषयमा पक्राउ पर्न अघिनै सिकिम अब्जरभर (Sikim Observer) ले लेखेको थियो Nepali Writer Likely to be arrested (नेपाली लेखक पक्राउ पर्ने छांट) भनेर । पछि डिसेम्बर 21, 1996 मा पनि सिकिम अब्जरभर Observerले गोपाल गुरुङको विषयमा लेखेको थियो; Why is Gopal Gurung not as innocent as The Sons of God ? (गोपाल गुरुङ इश्वरको छोरो जस्तो निर्दोष हुन किन सकेन ? भनेर) त्यसैगरी सिकिमबाटै प्रकाशित हुने अर्को अंग्रेजी समाचार पत्र हिमालयन गार्जियन (Himalayan Guardian) ले एप्रिल 23, 1997 मा Asserting identity is not being communal. Nepal Should be a secular country.(आफ्नो अस्तित्वको निम्ती अधिकार माग्नु वा खोज्नु सामप्रदायिक होइन, नेपाल धर्म निरपेक्ष मुलुक हुन पर्छ) भनेर गोपाल गुरुङको पाइलाहरुलाइ सहयोग पुराइ रहेका थिए भने सिकिमका युवा कंग्रेसका बाहुन छेत्रीहरुले गोपाल गुरुङलाइ सिकिममा पस्नु नै दिनु हुंदैन । उ यस समय सिकिममा छस उसलाइ तुरुन्तै पक्रेर सिकिमबाट खेदनु पर्छ भनेर त्यसताकाका सिकिमका गवर्नर चौधरी रणधीर सिङलाइ लेखेर दिएका थिए । परन्तु गवर्नरले युथ कंग्रेसका बाहुन छेत्रीहरुले भने जस्तो गरेनन । भारतका बर्तमान कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई बाहुन जातीय पार्टी (BJP) का बाहुन बाहुनीहरुले विदेशी भनेर पानी खेदो गरेर बोल्दा र लेख्ता गान्धीलाई विदेशी भन्ने बाहुन छेत्री (हिन्दु आर्यन) हरु सबै नै विदेशी हुन् र तिनीहरु ककसियसबाट आएका हुन् । त्यसकारण सोनिया गान्धीलाई विदेशी भन्ने कुनै अधिकार छैन, भनेर गोपाल गुरुङले कडा सब्दमा लेखेका चिठी बंगलोरको एउटा अंग्रेजी पत्रिका DV मा छापिएको थियो, सेप्टेम्बर 16, 1999 मा । त्यस्तै अर्को चिठी मार्च 16, 2004मा भारतको बगमफुसे हिन्दु नेता अशोक सिंहलको विरुद्ध छापिएको थियो;सोही डिभी समाचार पत्रिकामा । जब अशोक सिंहल नेपालमा आएर ज्ञानेन्द्रलाई विश्वको हिन्दु सम्राट घोषणा गर्दै मारवाडीहरुले चाकरी देखाउन र हिन्दुबाद फैलाउन घछ(घट लाखको एउटा सुनको गद्धी बनाएर त्यसमा राखेका थिए ज्ञानेन्द्रलाई र ज्ञानेन्द्रको पक्षमा एक अरब हिन्दु भएको बगमफसुसे गफ हांकेका थिए अशोक सिहलले । गोपाल गुरुङको चिठी काठमाण्डूबाट कुनै पत्रपत्रिकाले नछापे पछि उहांले बंगलोरको सोही अंग्रेजी पत्रिकामा पठाएका हुन् । त्यसमा उहांले लेख्नु भएको थियो बगमफुसे हिन्दु नेता अशोक सिंहललाइ थाहा छैन हिन्दुको जनसंख्या कति छ भनेर र भारतमा हिन्दु बाहुन छेत्री (हिन्दु आर्य) को संख्या मात्र 15 प्रतिशत र नेपालमा 20 प्रतिशत मात्र छ भनेर । नेपालमा छेत्री 16 प्रतिशत र बाहुन 4 प्रतिशत मात्र छ । आºनै मुलुकमा हामीलाईनै शरणार्थी बनाए । कसरी ? किन कि राजनैतिक शक्ति तिनीहरुको हातमा पुग्यो । जसले हाम्रो पतन बाहेक कुनै कुरा नै सोच्न सकेन—चाहेन पनि । न त आज नै चाहेका छन् । तरै पनि आज पनि विभिन्न पार्टीसंग संलग्न मंगोल अनुहारमा देखिनेहरु पनि यो सही कुरा बोल्न मुटु र तिग्रा कपाउंछन किन भने सानै उमेर देखि नै तिनीहरुको मनमा बाहुन छेत्रीले डर त्रास खेताला, हरुवा, चरुवाको भावना भंरिदिएका छन् र आफूलाइ चिन्नै नसक्ने स्थितिमा पुराइदिएका छन् । गाउं तहदेखि राष्ट्र तहको हर छेत्रमा बाहुन छेत्रीले नै ढाकेका कार्यलयहरु र पार्टीहरुका बाहुन छेत्रीकै हक डक चलेको देख्छन र तिनै शाषक, शोषकहरु नै धनी मानी पनि देखिरहेका हुन्छनस दैनिक काम काजमा पनि । हामी यतिको हुुत्तिहारा र पानी मरुवा बनाइ सकिएका छौं की यो 21 सौं शताब्दीमा पनि हामी आफूलाइ आफू भन्न सक्तैनौ र डराउंछौं जसलाइ विश्वले वीर भनेर फुर्काउ“छ । तर जसले जति सुकै सड्यंत्र गरेता पनि र बाधा बिघ्न सृजना गरेता पनि 21 औं शताब्दी हाम्रो हुनेछ—मूलबासी मंगोलको नभइ छाडदैन यो पक्का हो र अकाट्य सत्य पनि हो । यसर्थ गोपाल गुरुङको त्याग, तपस्या र संघर्ष मूलबासीहरुलाई अधिकार सम्पन्न गर्नु हो । गोपाल गुरुङको विचारलाई आफ्नो मार्गदर्शन सिद्धान्तको रुपमा अंगीकार गरि विगत केही बर्षदेखि एमएनओ–डिजिजि पनि संघर्षको मैदानमा छ ।