Loading...

डा. गोपाल गुरुङको जीवनी

जन्म र स्थान
गोपाल गुरुङको जन्म मिति विभिन्न पत्र–पत्रिकामा अलग–अलग प्रकाशित भए पनि उनको वास्तविक जन्म मिति बि.सं १९९७ मङ्सिर २२ गते तदनुसार डिसेम्बर ७, शनिवारको दिन दार्जिलिङको महानदीमा भएको हो । पिता तेज बहादुर गुरुङ र माता कुमारी गुरुङका जेठा सन्तानका रुपमा गुरुङ जन्मेका थिए ।
पारिवारीक पृष्ठभूमि
नेपालको गण्डकी अञ्चल तथा कास्की, तनहु, जोमसोम, घान्द्रुक र गण्डकी अञ्चल अन्तर्गत पर्ने सिक्लिस आदि ठाउँ गुरुङहरुको पुख्र्यौली थलो हो । उनीहरुमा आफ्नो मामा, फूपुका छोराछोरीबीच बिबाह गर्ने चलन थियो । समयको परिवर्तनसँगै आएको चेतनाले तथा फूपुका छोराछोरीबीच कुटुम्बेरी चलाएकोमा हिंसा गर्ने र खिल्ली उडाउने गरेकाले उनीहरुले ग्लानी र तुच्छताको महसुस गरी यस्तो प्रचलन छोड्दै गएका छन् । पृथ्वी नारायण शाहको नेपाल बिस्तार अभियानको लडाइँमा पूर्वतिर लड्दै जाँदा दार्जिलिङ पुगी त्यतै बसोबास गर्ने क्रममा सीमापारि छरिएर रहेका तथा स्वदेश भरि विभिन्न स्थानमा छरिएर रहेका सबै गुरुङहरु एकै हुन् । यही समग्र गुरुङ भित्र पनि यिनीहरुको अलग अलग वर्ग हुन्छन् । लामिछाने, घले, घोताने, पैंजो लामा आदि हुने हुनाले जुनसुकै ठाउँको गुरुङ मरे पनि जुठो नलाग्ने हुन्छ । तर आफ्नो वर्ग भित्रका गुरुङहरु मरे जुठो बार्ने यिनीहरुको परम्परा छ । यसरी विस्तार अभियानमा संलग्न योद्धा गुरुङहरु लड्दै र सीमा बडाउदै जाँदा नेपाल भित्र र बाहिर जहाँ–जहाँ पुगे त्यतै बस्न थाले नेपाल बाहिर दार्जिलिङ, खर्साङ, सिक्किम, भुटान, असम, देहरादुन, बर्मा जस्ता ठाउँमा छरिएर रहे भने नेपाल भित्र कास्की, लम्जुङ, घान्द्रुक, जोमसोम, झापा, मोरङ, सुनसरी, नेपालगञ्ज, बर्दिया आदि ठाउँहरुमा छरिएर रहेका छन् । यसरी युद्धको क्रममा छरिएर बसोबास गर्ने गुरुङहरुको विवाह, मृत्यु जस्ता संस्कार सम्पन्न गर्न उनीहरुकै पुख्यौली थलो गण्डकीबाट कार्य समापन पछि आफ्नो पुख्यौली फर्काउने सर्तमा पैचो गरेर झिकाएको तर कार्य समापन पछि आफ्नो पुख्र्यौली थलो नफर्की उत्तै बसोबास गरेकाले तिनीहरुलाई पैंच्यो गुरुङ भनियो । उनीहरुको परम्परागत पेशा लामा हो, गोपाल गुरुङ उनैका सन्तान हुन् । गोपाल गुरुङको पुर्खाको खोजी गर्दा मेची अञ्चलको पांचथर रानीटारमा उनका बाजे कुलमान गुरुङको बसोबास रहेको पाइन्छ । नेपाल बिस्तारको लडाइकै क्रममा दार्जिलिङ पुगेका गुरुङहरु जीवन यापन र शिक्षा आर्जनको लागि सुविधायुक्त ठाउँ भएकोले उतै बसोबास गरे । गोपाल गुरुङका बाबु तेज बहादुर गुरुङ भारतीय सेनामा भर्ती भई दोस्रो बिश्वयुद्ध लडेर फर्किएपछि सैनिक जीवन मन नपरेकाले सैनिक जीवन त्यागी राजनीतितिर सक्रिय भए । पेशाले प्रारम्भदेखि नै लामा पढ्ने भए पनि बाजेको पालादेखि नै यो पेशा छोडेका थिए । उनका बाबु तेज बहादुर गुरुङ र आमा कुमारी गुरुङबाट चार छोरा र दुई छोरी गरी जम्मा छ सन्तानको जन्म भयो । चार छोराहरुमा जेठा गोपाल, माइला दुर्गाप्रसाद, साहिला रतन, कान्छा विनोद गुरुङ हुन् । त्यस्तै छोरीहरुमा जेठी रेना दार्जिलिङमा वैवाहिक जीवनमा बाँधिएकी छन् भने कान्छी कृष्णा गुरुङ हुन् । अविवाहित उनी हाल सिन्धुलीमा नर्समा कार्यरत छिन् ।

गुरुङका बाबु तेज बहादुरले सेनाको कार्य छोडी राजनीतिमा लागेपछि आर्थिक विपन्नताको चपेटामा परे । नेपाल हेर्ने ठूलो धोको र आर्थिक समस्या समाधान गर्ने उद्देश्यले गुरुङहरु नेपाल प्रवेश गरे भने उनका बाबु राणाहरुको बिरोधमा उनीहरुलाई हटाउन मात्र नेपाल आए र फेरि दार्जिलिङ नै फर्के । दार्जिलिङ छोडे पछि नेपाल प्रवेश गरेका तेज बहादुर ललितपुर–बागडोल स्थित छोरा विनोद गुरुङको घरमा रहँदै आएका थिए । बिस २०५४ साल चैत्र २४ गते सोमबार घरैमा उनको असामयिक निधन भयो । त्यसको ठिक तीन वर्षपछि विस २०५७ साल श्रावण १८ गते बुधवार आमा कुमारी गुरुङको देहावसान भएको थियो ।
नाम करण
गोपाल गुरुङको न्वारानको नाम गोपाल नै हो । पछि उनी यहि नामले परिचित भए । साहित्यिक फुटकर कृति प्रकाशन गर्ने क्रममा ‘यात्री’ उपनाम पनि लेख्ने गर्थे तर गुरुङ यो उपनामले भन्दा आफ्नै नामले चिनिन्छन, त्यसैले पछि आफ्नो ‘यात्री’ उपनाम लेख्न छाडे ।
वाल्य वस्था
गोपाल गुरुङको वाल्य वस्था त्यति सुखद रहेन । गाउँले पारामा दुःख, कष्ट र अभाव ग्रस्त जीवन विताए । गाउँले स्कुलमा पढ्ने, फुटवल खेल्ने, डण्डीबियो र लाप्पा खेल्ने एक प्रकारले चकचके र बद्मास स्वाभावका थिए । यसै स्वभावका कारण उनले विद्यार्थी जीवनमा शिक्षकहरुबाट अलग–अलग प्रकारको सजाय भोग्ने गर्थे । सजायको क्रममा एक पटकको घट्ना यसरी बताउँछन् –“एकपटक शिक्षकले वेतको लौराले यस्तो पिट्नु भो जुन पिटाइले मेरो हातमा महिनादिनसम्म रातो र नीलो डाम बस्यो । यस्तो पिटाइ खाँदा पनि रुन चाहिँ रोइनँ किनकी गल्ती मेरै थियो । कक्षामा एउटा साथीको टुप्पी थाहै नपाई काटिदिएको थिएँ” । गाउँले स्कुल पुरा गरेपछि खर्साङको पुष्परानी हाइस्कुलमा भर्ना भए । स्कुल जाने क्रममा बाटोमा आफ्नै साथीहरुसँग लाप्पा खेल्ने र वाटोमा हेप्ने धम्क्याउने साथीहरुसँग लड्थे । यो उनको स्कुले जीवनको दिनचर्या नै थियो । स्कुलको हिउँदे बिदामा जंगल जाने र चराको सिकार गर्ने गर्थे । यसरी मारिएका चरा कहिले पोलेर खान्थे भने कहिले रुखको हाँगामा झुण्ड्याएर क्याटिसले निसाना लगाउने अभ्यास गर्थे । साँझ पख घर फर्किदा उनी दाउराको भारी बोकेर घर फर्कन्थे ।
गुरुङका बाबुले टुप्पी पालेको थाहा नभए पनि उनका बाजे कुलमान गुरुङले पाल्थे र गोपाल गुरुङको पनि टुप्पी राखिदिएका थिए । एक दिन घरमा कोही नभएको बेला हजाम आएर केश काट्ने कुरा ग¥यो तर उनले पुरै ताछिमाँगे । बेलुका बाजेले उनको सेताम्मे चिण्डेतालु त्यसमा पनि टुप्पी नदेख्दा कुट्न झम्टिँए भागेर कुटाइ खानबाट बचेका थिए । यसरी उनले वाल्यकालदेखि नै जानी नजानी टुप्पी राख्ने परम्पराको बिरोध गरेको देखिन्छ । उनले वास्तवमा मंगोलहरुले टुप्पी नराख्ने र राखेकोमा त्यसको विपरीत कार्य गर्नु उनी सही काम गरेको ठान्छन् । अहिले सम्झँदा उनको मनको अन्तर कुन्तरमा लुकेर बसेको सुषुप्त अवस्थाको विद्रोह रहेछ, जुन हाल आएर दरिलो भई ब्युँझेको छ ।
उच्च शिक्षाको निम्ति उनले ठूलो त्याग, तपस्या, कठोर परिश्रम र संघर्ष गर्नुका साथै दुःख कष्ट भोग्नु प¥यो । केटौले उमेरदेखि युवा अवस्थासम्म अभावग्रस्त जीवन विताए । कहिले सुकिला कपडाको अभाव हुन्थ्यो त सँधै कापी, कलम र किताबको समस्या हुन्थ्यो ।
शिक्षा दिक्षा
गोपाल गुरुङको वाल्या कालमा स्कुले जीवनको प्रारम्भदेखि सम्पूर्ण विद्यार्थी जीवन अत्यन्तै संघर्ष र कष्टमय रुपले वित्यो । उनले दार्जिलिङ गाउँले पाठशाला महानदीबाट प्राथमिक शिक्षा हासिल गरे । माध्यमिक स्तरको अध्ययन आउँदेखि टाढा खर्साङ पुष्परानी हाइस्कुलबाट भएको हो । जब उनी कक्षा नौ मा अध्ययन गर्दै थिए, त्यसबेला गुरुङ लगायत उनी मुनिका सबै भाई बहिनीको पढाइ लथालिंग भयो । दोस्रो विश्वयुद्ध पछि उनका बाबु सैनिक जीवन त्यागेर राजनीतिमा सक्रिय भए । उनको जीवन जीउने आधार सानो नाकरी थियो, त्यो पनि कंग्रेसको प्रभूत्वमा रहेको बंगाल सरकारले कम्युनिष्ट भएको आरोपमा नोकरी खोसिदियो, तव उनको विद्यार्थी जीवन लथालिंग भयो । त्यसैले गुरुङ नेपाल हेर्ने धोको पूरा गर्न बिस २००८ सालतिर नेपाल प्रवेश गरे । त्यसैबेला शिक्षक भएर काम गर्न थालेका थिए । त्यतिवेला स्कूलहरु साह्रै कम्ती थिए ।, त्यसैले आफैले स्कुल खोली सञ्चालन गर्ने विचारले कहिले पूर्वी नेपालको झापा, इलाम, धरान चाहारे भने कहिले म्याग्दी जिल्लाको दुर्गम भेग ४ हजार पर्वत राखु पुगे । यसरी उनले आफू बाँँच्ने आधार खोज्दै हिड्दा उच्च शिक्षा हाँसिल गर्ने इच्छा दबाइ राखे । अनेकौं संर्घषको बाबजुद उनले आठ वर्षपछि बि।सं।२०१६ मा बोर्डअफ सेकेन्डरी एजुकेसन वेस्ट बेङ्गालबाट प्राइभेटमा म्याट्रिक पास गरे भने अखिल भारत बंगाल भाषा प्रसार समिति बंगाल भाषा पनि उत्तीर्ण गरे ।

त्यस पछि पनि आर्थिक विपन्नताको कारण शैक्षिक छेत्रमा विद्यार्थी भएर अध्ययन गर्ने संयोग कहिल्यै मिलेन । आफ्नो गाँस, बास, कपासको जोहो गर्दा गर्दै उनी शैक्षिक वातावरणको प्राइभेटबाट झनै टाढिए । फेरि आठ वर्ष पछि उनले २०२४ सालमा त्रिभुवन विश्वविद्यालयबाट आइए उत्तीर्ण गरे । उनको बीए पढ्ने इच्छा पूरा गर्ने कुनै बाटो थिएन तर पनि उनले ठूलो संघर्ष र कडा मेहनतका साथ सरस्वती क्याम्पस ठमेलबाट नाइट कलेज पढेर बीए परिक्षा दिई उत्तीर्ण गरे । यसरी शैक्षिक क्षेत्रमा अघि बढ्दा कैयौं वाधा व्यवधानको सामना गर्दै बी।ए। सम्मको अध्ययन पछि ठूलठूला चुनौतीको सामना गर्दै बि।सं। २०२४ सालदेखि न्युलाइट नेपाली साप्ताहिक पत्रिकाको सम्पादन गर्न थाले । यसै क्रममा बि।सं। २०२६ सालमा अर्को अंग्रेजी साप्ताहिक पत्रिका थन्डरबोल्ट सम्पादन गरे । यसबाट आफ्नो आर्थिक अवस्था केही सुध्रिए पछि बि।सं। २०३६ सालमा त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा एमए पनि प्राइभेट परिक्षाबाट उत्तीर्ण गरे ।
यसरी उनको आफ्नो अध्ययन अवधिमा यस्ता आर्थिक र व्यवहारिक कठिनाइहरु उनका अगाडि आए पनि उनले अध्ययनलाई सफलतापूर्वक पूरा गरे । यसरी परिवारिक वातावरणको अभाव र आर्थिक समस्या जस्ता विद्यार्थीले भोग्नुपर्ने सामान्य कठिनाइ सहित विभिन्न समस्या भोग्दै आफ्नो संघर्षमय जीवन कटाएका छन् ।
दाम्पत्य जीवन र सन्तान
गोपाल गुरुङको बिबाह लमजुङ निवासी बहादुर सिंह गुरुङकी जेठी छोरी देबीका गुरुङसँग बि.सं. २०२८ सालमा गुजेश्वरी मन्दिर काठमाण्डौमा भएको हो । विवाह हँुँदा उनको उमेर चौतिस बर्ष थियो । श्रीमती गुरुङले इतिहासमा एमए र बीएड अध्ययन पुरा गरेकी छन् । गुरुङको विवाह उनको आमा बाबुबाट आफ्नै परम्पराअनुसार नभई आफैले पशुपति नजिकैको वौद्ध मन्दिर गुुजेश्वरीमा प्रेम विवाह गरेका हुन् । श्रीमती देवीका प्रारम्भदेखि नै शिक्षण पेशामा कार्यरत थिइन् र विवाह पछि पनि आफ्नो घरायसी व्यवहार सम्हाल्दै शिक्षण कार्यमा निरन्तरता दिइरहिन् । हाल उनी अवकाश जीवन विताइरहेकी छन् । गुरुङको निम्ति छोरा छोरी जे जन्मे पनि केही फरक थिएन, उनी दुवैलाई समान मान्दछन् । उनको जीवन संघर्षशील र अभावग्रस्त भएकाले मात्र होइन, उनको आफ्नो राजनैतिक लक्ष्य भएकोले उनी दाम्पत्य जीवनमा ढिलो प्रवेश गरे । उनको आफ्नो विवाह भएको दुइ वर्ष पछि बि।सं। २०३० साल पौष १९ गते बिहीबार तदनुसार सन् १९७४ जनवरी ३ का दिन उनको प्रथम सन्तानका रुपमा होनी तमुको जन्म भयो । त्यस पछि उनले अन्य कुनै सन्तानको जन्म दिएनन् र अन्य सन्तानको चाह पनि गरेनन् किनकी आफ्नो राजनीतिक गन्तव्यमा आफूलाई पु¥याउनु थियो । त्यसैले उनको पहिलो तथा अन्तिम सन्तान होनी नै भए । उनको छोरा होनी वाल्यकालदेखि गोदावरी बोर्डिङ–त्यस पछि सेन्ट जेवियर्स र भारतको अध्यायन सिध्याइ अष्ट्रेलियामा अध्यायन गर्दै आएका थिए र अध्ययन पूरा गरे पश्चात् डिल्लीवजार निवासी नीना श्रेष्ठसँग विवाह गरी हाल दुवै एक सन्तान छोरा अजलको साथ अष्ट्रेलियामै रहेका छन् । उनकी बुहारी नीनाले समाज शास्त्रमा एमए सम्मको अध्ययन गरेकी छन् ।
आर्थिक अवस्था
गोपाल गुरुङको जन्म भूमि दार्जिलिङ रहे पनि कर्म भूमि नेपालको बिकट गाउँदेखि काठमाण्डौ शहरमै केन्द्रित रहेको छ । आफ्नो घरको आर्थिक समस्याका कारण उनले आफ्नो कार्य छेत्र एकै स्थान मात्र सीमत राख्न सकेनन् । उनले जागिरको अवसरको खोजीमा सहरवजारदेखि बिकट गाउँ–पहाडसम्म चहारेका थिए । उनको आय आर्जनको प्रारम्भिक स्रोत शिक्षणबाट प्राप्त गरेको रकम नै थियो । उनी सामान्य रुपमा जीवन धान्ने निम्न वर्गीय परिवारका थिए । बुबा तेज बहादुरले सरकारी जीवन त्यागे पछि आर्थिक कठिन हुन थालेको थियो । उनी राजनीतिमा सक्रिय भए पछि कम्युनिष्टको आरोपमा उनले गर्दै गरेको सानो नोकरीबाट पनि बंगाल सरकारले निकाले पछि त झनै आर्थिक संकट भयो । हाल उनी काठमाण्डौंमा स्थानीय बासिन्दा भएका कारण उनले आफ्नो जीवनमा आर्थिक भार खासै व्यहोर्नु परेको छैन । सामान्य खान लाउन पुग्नेछ ।
बि.सं. २००८ सालति आर्थिक अभावको कारण नेपाल प्रवेश गरेका गुरुङले आफ्नो जीवनको निक्कै समय शिक्षण पेशामा नै विताए । उनले त्यसपछि आफ्नै मेहनत र संर्घषले न्युलाइट र थन्डर बोल्ट साप्ताहिक पत्रिका सम्पादन गरी आर्जनको स्रोत बढाएका थिए । चार भाइ मध्ये जेठा भएकाले पनि परिवारका सबै सदस्यबाट टाढिएर संघर्षमा जुटे । त्यतिवेला उनी परिवारिक विछोड र आर्थिक संकटको चपेटामा परेको पनि आमा बाबु र भाइ बहिनीहरुको सम्झनाले खासै सताउँदैनथ्यो किनकी दार्जिलिङदेखि खासै टाढा थिएन । मन लाग्दा भेटघाट गर्न सकिन्थ्यो । उनका माइला भाई दुर्गाले भारतको बोर्ड फाइनलसम्मको अध्ययन गरेका छन् । हाल उनी दार्जिलिङमै बसोबास गर्दै आएका छन् । उनका एक मात्र छोरी कविता बीएस्सी बिटी सकेर हाल गुरुमा गर्दैछिन । साहिला रतन गुरुङले बिएस्सी सम्मको अध्ययन गरे पश्चात् फोरेस्ट रेञ्जरमा कार्यरत थिए, हाल उनी अवकाश जीवन बिताउदै छन् । उनका एक छोरा विरेनको मेडिकल डक्टरको तयारीमा छँदा हठात मृत्यु भयो भने भए छोरी सुस्मिता बीए एलएलबी पास गरी जिल्ला अदालतमा कार्य प्रारम्भ गरे पछि असामयिक निधन भयो । उनी यसरी पारिवारिक शोकबाट पीडित भई जीवन बिताउँदै छन् । कान्छो बिनोदले आईएस्सी उत्तीर्ण गरी वेलायती सेनामा भर्ती भएका थिए । हाल उनी अवकाश जीवन बिताउँदै छन् । उनकी एक छोरी मात्र छ, बिनम्रा जो चीनमा डक्टर अध्ययन गर्दैछिन् । गुरुङका दुई बहिनीमा जेठी रेना दार्जिलिङमा विवाह भएको र कान्छी अविवाहित कृष्णा हाल सिन्धुलीमा नर्समा कार्यरत छिन । यसरी परिवारका सम्पूर्ण सदस्यहरु प्रारम्भदेखि नै सँगालोमा बस्ने स्थिति नभएकाले एक आपसमा छरिएर त्यसै अनुरुप स्थायी बसोबास निर्धारण भए पनि सबैको आर्थिक स्थिति राम्रै रहेको छ । उनको सात दशकको जीवनकालमा उनले सामान्य रुपले आफ्नो आवश्यकता पूरा गर्ने अर्थोपार्जन गरे । उनले आफ्नो जीवनलाई प्रारम्भमा शिक्षण पेशा, मध्येतिर पत्रकारिता र अन्त्यमा राजनीतिमा संलग्न रहे । उनको त्यस समयको आर्थिक स्रोत पत्रकारिता थियो, तर जीवनको अन्तिम समय उनका राजनीतिमा नै केन्द्रित छ, त्यसैले उनको कुनै आय–आर्जन छैन । उनलाई आफ्नो आधारभूत आवश्यकता पूरा गर्न बाहेक धेरै सम्पत्ति कमाउने र बिलासितामा लीन हुने विचार कहिल्यै आए । उनी राजनीतिमा सक्रिय हुँदा राजाद्वारा अञ्चलाधिशको सल्लाहकारमा मनोनित गराइए ।
अञ्चलाधिश बनाउने प्रलोभन दिइयो । जेलबाट छुटेपछि राजदुतको रुपमा कार्य गर्न पनि आग्रह गरेका थिए । आफ्नो जीवन आर्थिक अभावमा तड्पिँदा पनि उनले पदको लोभ गरेनन् किनकी उनलाई थाहा थियो यहाँ पद दिएर उनलाई लोभ्याइँदै छ । उनको माग अर्थ नै हो, जागिर हो भन्ने मात्र बुझेर राजाले दिएको यस्तो मौका नस्वीकारी आफ्नो स्वाभिमान बेच्न नचाही सम्पूर्ण मंगोलको अस्तित्व र सुरक्षित भविष्यको लागि लडेका बताए । समष्टिमा भन्नुपर्दा अर्थले मानिसको जीवनमा पारिवारिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, व्यवहारिक सम्पूर्ण क्षेत्रमा अति नै महत्वपूर्ण भूमिका खेल्छ । अतः उनको जीवनमा पनि आर्थिक संकटले समस्या निम्त्यायो । अर्थ ठूलो कुरा हो तर सबैथोक होइन भन्ठाने उनले अर्थलाई मुख्य प्राथमिकता नदिएको कारण नै उनको आर्थिकस्तर सामान्य रहेको हो ।
बसोबास
गोपाल गुरुङको बाल्यकाल दार्जिलिङ मै बित्यो । आर्थिक समस्याको कारण नेपालका तराइ, पहाड सबैतिर चाहारे, उनले जेनतेन रुपमा आफूलाई धान्दै आफ्नो शिक्षा आर्जनमा सक्षम भए ।  उनले बि.सं. २०२८ सालमा देबीका गुरुङसँग विवाह गरी पत्रकारितालाई नै निरन्तरता दिए । त्यस पछि उनले सम्पूर्ण कार्य त्यागी पूर्ण रुपमा राजनीतिमा क्रियाशील भई काठमाण्डौंलाई आफ्नो स्थायी बसोबास छेत्र बनाए । हाल उनी ललितपुर नगरपालिका वडा नं। ४ बागडोलमा बाह्रआना जग्गामा तीनतले घर बनाइ बसेका छन् । उनको आयस्रोत केवल घरभाडा र श्रीमतीको पेन्सन रहेको छ ।
व्यक्तिगत रुचि र स्वभाव
हरेक व्यक्तिका आफ्नै प्रकारका विचार, चिन्तन, रुचि र स्वभाव हुने गर्दछन् । मान्छेको रुचि र स्वभाव उसको बाल्य कालीन जीवनदेखिका पारिवारिक र सामाजिक वातावरण र सामाजिक वातावरण, साथी, संगतीसँगको हेलमेल, मान्यजनका व्यवहार, राष्ट्रिय एवं अन्तराष्ट्रिय परिवेश, शिक्षा दिक्षा आदिबाट प्रभावित रहेको हुन्छ । उनको रुचि र स्वभावमा पनि यस्ता विभिन्न प्रकारका परिवेशले प्रभाव पारेको छ । उनलाई खेलमा फुटबल, बक्सिङ, पौडी आदि असाध्यै मन पर्छ र देश विदेशको भ्रमण गर्न पनि त्यतिकै मन पर्छ । फुर्सदको समयमा उनी प्रायः ठूला नेता, दार्शनिक र साहित्यकारका किताबहरु पढ्छन् । उनी समसामयिक पत्रिकाको अध्ययनमा पनि त्यतिकै चासो दिन्छन् । उनी अध्ययनमा सबै भन्दा बढी विविध राजनीतिज्ञहरु नेल्सन मण्डेला, हिटलर, जवाहरलाल नेहरु, एमके गान्धी, अब्राहम लिङ्कन, मुसोलिनी, माओत्सेतुङ, होचिमिन्ह र चाउएन आदिको जीवनी पढ्न रुचाउँछन् । उनी बिहान उठेर कही समय पढ्ने, त्यस पछि केही बेर डुल्ने गर्छन र परिस्थिति अनुसार आइपरेका काम गर्ने लेखन कार्य गर्ने गर्दछन । राजनैतिक योजना बनाउँदै त्यसको कार्यान्वयन र विस्तार गर्नमै उनको समय व्यतीत हुने गर्छ । फुर्सदको समयमा उनी धेरै साथीभाई इष्टमित्रको जमघट भन्दा एक्लै र एकान्तमा बस्नु अनि अध्ययन, चिन्तन मनन गर्नु रुचाउँछन् । अधिकांश समय पढ्ने गुरुङलाई विश्व प्रसिद्ध कृतिहरुमा आमा, लज्जा, उत्तालबत्तास, त्यो फेरि फर्कला, म नेपाली हुँ, मुनामदन, भ्रमर, बसाइँ अत्यधिक मन पर्छ । उनले आफ्नो साहित्यिक यात्रा कविताबाट गरेका हुन् भने सार्वजनिक यात्रा कथाबाट नै गरेका हुन् ।
उनी राजनीतिमा भएको भ्रष्टचार, शोषण र अन्याय अत्याचारको विरोध गर्छन । उनी अरुलाई हानी हुने काम नै पाप र समाज तथा मानव समुदायको उद्धार हुने काम नै धर्म हो भन्ने धारणा राख्छन् । उनी कुनै भगवान, देवदेवीमा विश्वास नगर्ने हुनाले नास्तिक प्रबृत्तिका छन् । उनी धार्मिक कट्टरता, परम्परागत रुढी, जातिगत, वर्णगत भेदभाव तथा हिन्दुवादको विरोधी हुन् ।
उनी नेपाली जाति भाषा र साहित्यको बिकासप्रति चिन्तित र सक्रिय छन् । वन जंगल र खोलानाला, पहाड आदिसँग रमाउने उनलाई फूलमा सेतो र रातो रंङको गुलाबको कोपिला फक्रन लागेका असाध्यै मन पर्छ भने प्राय सबै प्रकारका फूलहरु मन पराउँछन् । उनलाई बाग्मती अञ्चल, ललितपुर र काठमाण्डौ जिल्ला तथा ललितपुर नगर पालिका मन पर्छ । उनलाई मन पर्ने बाद्ययन्त्र सितार, बाँसुरी भायोलेन हो । यसमा पनि उनी भायोलिन र बाँसुरीको धुनमा मन्त्र मुग्ध भई आफैँ हराउँछन् । अन्य सबै वाद्ययन्त्र त सबैको साझा नै रहेकोले उनी नेपालीमा मात्र पाइने एक बाजा विनायो ठान्छन् । गीत संगीत नै मन पराउँछन् । उनलाई मन पर्ने संगीतकार र गायक तलक मोहम्मद हुन् भने बंगाली गायिका सन्ध्या मुकोपाध्या र हिन्दी गायिका लता मङ्गेस्कर हुन् । उनलाई मन पर्ने सेन्टिमेन्टल गीतमध्ये पनि ‘आएगा–आएगा आनेवाला आएगा’ भन्ने गीत असाध्यै मन पर्छ । उनको पर्ने नायकहरु दिलीप कुमार र अशोक कुमार हुन् भने नायिका मधुवाला र माला सिन्हा तथा मन पर्ने फिल्म महल हो । उनलाई मन पर्ने राजनैतिक मान्यता जनताद्वारा जनताको निम्ति, जनताको भन्ने हो । उनको मन पर्ने कवि व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटा हुन् । उनको वैचारिक पक्षबाट गुरुङ अति नै प्रभावित छन् । अर्को उनको मन पर्ने व्यक्ति अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडी हुन्, जसको सन् १९६३ मा हत्या गरिएको थियो । उनको आफ्नो नाति अजल गुरुङ बिर्सनै नसक्ने अति मायालु व्यक्ति हो । अजललाई उनी अत्ति नै माया गर्छन । उनलाई अत्याधिक मन परेको आदर्श व्यक्ति भएकोले उनले देवकोटा र जोन एफ केनेडीको तस्बिर आफ्नै हातले बडो मेहनतका साथ उतारेर श्रद्धा पूर्वक आफ्नो कोठामा राखेका छन् । उनलाई मन पर्ने कविता सिद्धिचरण श्रेष्ठको म नेपाली हुँ, उपन्यास लील बहादुर छेत्रीको ‘बसाइँ’ र भवानी भिक्षुको त्यो फेरि फर्कला रु हो । शिव कुमार राईको डाकबंगला, तसलिमा नसरिनको लज्जा र उत्तालबत्तास उनको मन पर्ने कृति हुन् । उनले अलग अलग व्यक्तिका अलग अलग बिधागत कृति मन पराउने हुनाले कथाकार, उपन्यासकार र कवि यही भनेर तोक्नु भन्दा समग्र कृतिकै रुपमा व्यक्ति मन पर्छ भन्नु नै युक्ति संगत देखिन्छ । गुरुङलाई सेक्सपियरका नाटकहरु मन पर्छ । उनी भाषाहरु मध्ये अंग्रेजी भाषा अति मन पराउछन् । धर्म सम्बन्धमा उनी कुनै धर्म हुँदैन, धर्म भन्नु नै अरुको भलाइको काम गर्नु हो र अरुलाई हानी हुने कार्य नै पाप ठान्ने गुरुङलाई कुनै धर्ममा विश्वास छैन । उनी कुनै धर्म, भगवान, अर्को जुनी जस्ता कुराको विश्वास गर्दैनन् र धर्मको नाममा पूजाआजा गरी व्रत बस्नु र फल फूल चढाउने भजन कीर्तन गर्नु नचाहिँदो ढोङ ठान्छन् । उनी जे गर्नुपर्छ, यही जीवनमा गर्नुपर्छ भन्ने मान्यता राख्ने नास्तिक हुन् ।

उनलाई बुद्धको पाँच सिद्धान्त अति नै मन पर्छ र त्यसैमा उनी विश्वास गर्छन । ती सिद्धान्त हुन् भातृत्व, समानता, स्वतन्त्रता, नास्तिक्ता र स्वर्ग नर्कको विश्वास नगर्नु । उनलाई खानामा बिशेष गरी बदेलको मासु, चित्तल, माछा, झिंगेमाछा, खसीको छाला सहितको मासु, अदुवा र पोलेको सिद्रा पिसेको भुटेको झिंगेमाछा पिसेको अचार, पोलेको आलुको अचार, नौनी घिउ तथा साकाहारी तरकारीमा च्याउ र स्कुसको मुन्टा र जराको तर्कारी अति मन पर्छ । तर सामान्य रुपमा उनको खाना साधारण दाल, भात, तरकारी र अचार नै हो । उनमा धुम्रपान सेवन गर्ने आदात छैन । तर वियर ह्विस्की भने बिशेष स्थितिमा रमाइलो र जमघटमा तथा बढी चिन्तित हुँदा दुई चार गेपसम्म पिउने गर्छन् । उनको सहयोगी त्यस्ता कुनै मित्र छैनन् । उनी अति थोरै मात्र व्यक्तिसँगको सम्पर्कमा रहने हुनाले उनको सीमित छेत्र छ किनकी बि।सं। २०२८ सालदेखि राजा र लादिएको हिन्दुवादको बिरोधमा बोल्ने गुरुङले बि।सं। २०३६ सालदेखि त झन खुलेर बिरोध गर्ने गरेकाले अन्य सबै डराएर उनको पक्ष लिने र सहयोग गर्ने कोही भएनन । उनले राजनीति गर्ने क्रममा आफ्नै पारिवारिक सदस्यबाट त सहयोग पाएनन् भने अन्यको आशा पनि भएन । यो काम त्यस बेलाको परिस्थिति अनुसार अति नै जोखिम पूर्ण कार्य थियो । उनी राजनीतिमा लागेर राजा बिरोधी, धर्मबिरोधी कुरा गर्ने र राजा वीरेन्द्र र ज्ञानेन्द्रलाई आजीवन राष्ट्रपति भइ बस्न आग्रह गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रको माग क्षेत्रगत आधारमा गरिनु पर्छ भनी आवाज उठाउने पहिलो व्यक्ति हुन । तर उनका विद्यार्थी जीवनका साथी हरिश वमजन भने राजनीति पनि एउटा कारण भएको स्वीकार्दै उसको धेरैसँग घुलमिल नहुने एकलकाँटे प्रवृत्तिले नै परिवारिक सहयोग र समर्थन नभएको बताउँछन् । उनको मन पर्ने पोशाक सुट टाई त्यसपछि सफरी हो, अन्य साधारण सर्ट पाइन्ट नै हो । उनलाई जनावरमा यापसो कुकुर औधी मन पर्छ र पन्छीमा डाँफे साह्रै मन पर्छ ।
गुरुङ नरम, सरल, मिजासिलो र केही जोशिलो स्वभावका छन् । उनी सबै खाले  उमेरका मानिससँग सम्बन्ध राख्न रुचाउँछन् । उनको स्वभाव हाँसेर शिष्ट र मर्यादित शब्दको प्रयोग गर्ने आफ्नो सिद्धान्त अनुरुपको कुरा गर्दा कहिल्यै नथाक्ने वानी छ । मनमा जति सुकै पीडा र वेदना भए पनि भित्रै लुकाई हाँसेर बोल्ने गुरुङ जतिसक्दो आफ्नो काम आफै गर्नुपर्छ भन्ने सहृदयी, मिलनसार एवम् दयालु प्रबृत्तिका छन् । उनी विभिन्न ऐतिहासिक पुस्तकहरुको अध्ययनहरुको अध्ययन गरी त्यसबाट सहि गलत छुट्याई अब यो नीति अपनाउनु पर्छ र आवश्यक छ भनी थाहा पाउने दूरदर्शी गुरुङले  बि।सं। २०२८ सालदेखि लेखेर र भित्र भित्रै विरोध गर्ने प्रारम्भमा राजाप्रति ज्यादै श्रद्धा गर्थे । जब उनले राजा महेन्द्रसँग हिन्दुराष्ट्र घोषणा नगर्ने आग्रह गर्दा पनि हिन्दु राष्ट्रकै रुपमा घोषणा गरे तबदेखि उनी कट्टर राजा विरोधी भए । हिन्दुवाद अनुसारको संविधान जब तयार गर्न थालियो तबदेखि उनी यसको विरोधमा डटेर लागे, उनी आफ्नो सिद्धान्त विरुद्धका व्यक्तिसँग कडा र चोटिलो जवाफ दिन त्यतिकै सिपालु छन् । उनी कसैले भनेको कुराको भरमा केही गर्दैनन् । उनी आफूले पढेर, बुझेर, चिन्तन मनन् गरेपछि आफ्नो विचार र निर्णयमा आफ्नो कार्यको थालनी गर्ने गर्छन । उनी कसले के भन्छ त्यसको वास्ता गर्दैनन् र आफ्नो कार्यमा लागि रहन्छन् । उनी एउटा शक्तिशाली राजनीतिज्ञ हुन चाहन्छन् । कुनै पार्टीमा जाँदा सुट, टाई, चम्किएको जुत्ता, राम्रो घडी बाँधी, औँठी लगाएर ठाँटिएर हिँड्नु उनको व्यक्तिगत प्रवृत्ति हो । उनीमा कुनै कार्य गर्दा आफूले सोचे जस्तो होस् भन्ने चाहनाका साथै त्यही अनुरुप गर्ने जिद्धीपन छ । उनी यस्तो कार्य गर्दा जस्तो सुकै सजायको भागी हुन तयारी हुन्छन् ।
उनी धेरै प्रकारका साथीसँगको जमघट मन नपराउने जिज्ञासु, चिन्तनशील, मृदुभाषी, मिलनसार, सहयोगी स्वभाव र जोशिलो मिजासका छन् । पाँचफिट दुइ इन्च उचाइ भएका गहुँ गोरो वर्णको गुरुङमा ईष्या, डाहा, लोभ भने पटक्कै पाइँदैन । उनी आफ्नो काममा एकोहोरो लागिरहन्छन् र कसैको धम्की, त्रास र रवाफमा नतर्सी आफूले देखेको र जानेको यथार्थ कुरा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्छन । उनको यही प्रशंसनीय बानीले जतिसुके असफलता हात परे पनि कहिल्यै हरेस नखाने धैर्यवान व्यक्तित्व हुन् । उनी अरुसँग बैरभाव राख्न नचाहने र अरुले नचाहिने फाल्तु कुरा गरेको पनि मन पराउदैनन् । उनलाई मन पर्ने स्वदेशी साहित्यकारहरुमा भिक्षु, सिद्धिचरण श्रेष्ठ, लील बहादुर क्षेत्री, रुप नारायण सिंह, लक्ष्मी प्रसाद देवकोटा आदि हुन् भने बिदेशी साहित्यकारमा लुसुन, गोर्की, एर्लएस बक ओ हेनरी हुन । संक्षेपमा भन्दा उनको साहित्य सिर्जना र अध्ययन अनि राजनीति मुख्य कार्य क्षेत्र हो ।
कार्य क्षेत्र
गोपाल गुरुङको कार्य क्षेत्र स्थिर र एकै क्षेत्रमा सीमित रहेको छैन । समय र परिस्थिति अनुसार उनको कार्य क्षेत्रमा पनि परिवर्तन भएको छ । यसरी उनले आफ्नो जीवनको सम्पूर्ण कार्य कालमा गरेका कार्य क्षेत्रको समग्र विवरण यसप्रकार छ ।
जागिरे जीवन
गोपाल गुरुङ जागिरे जीवनले कुनै सरकारी वा संघ संस्थामा स्थायित्व लिन सकेको छैन । उनको पारिवारिक समस्या तथा आत्मा निर्भरताको बाध्यात्मक परिस्थितिले गर्दा जस्तो अवस्थाको पनि जागिर खान बाध्य हुनुपरेको थियो । त्यसैकारण उनी सामान्य कारिन्दादेखि शिक्षकसम्म संलग्न रहे । उनले बि।सं। २०१७ सालदेखि गौरिगञ्ज हाइस्कुलका सहायक प्रध्यानाध्यापकको पदमा एक वर्षसम्म कार्य गरे । त्यसपछि बि।सं। २०१८ सालदेखि २०१९ सालसम्म उनले अनारमनी बिर्ता जुनियर हाइस्कुलमा प्रध्यानाध्यापक भई कार्य गरे ।
मृत्युको दिनहरु कुर्दै डा। गोपाल गुरुङ अल्का हस्पिटलका बेदमा साथमा दोस्रो नेता बुद्धलाल मेचे एवम् क्रमले बि।सं। २०२० सालदेखि उनले बि।सं। २०२१ सालसम्म उनले धरान डिपोट हाइस्कुलमा शिक्षक भई कार्य गरे र काठमाण्डौं क्षेत्रपाटीमा ब्राइट इङ्लिस स्कुलमा पढाउने कार्य गरे । यसरी उनले जागिरे जीवनमा भोगेको तितो यथार्थ तथा धेरै पटक हेपिनु परेकोले शिक्षक जीवन र साहित्यिक जीवनलाई पाखा लगाउँदै राजनीतितिर सक्रिय भए । उनले हेपिएका, पेलिएका ती शोषित र पीडित सम्पूर्ण मंगोलहरुको उद्धारको निम्ति मंगोल नेशनल अर्गनाइजेसन –एमएनओ० का संस्थापक प्रेसिडेण्टको रुपमा कार्य गर्दै आएका छन् । उनले आफूले देखेको र भोगेको सत्य कुरा बोल्दा उनी दूई पटकसम्म आफ्नो नोकरीबाट निकालिएका थिए ।
संस्थागत संलग्नता
गोपाल गुरुङ आफ्नो जागिरे जीवनको अतिरिक्त विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय रहयो । उनले प्रारम्भमा लेवर वेलफेयर सेन्टर भारत, गुरुङहरुको सामाजिक संस्था तमु धीं काठमाण्डौ, तमु छोंझ बुटवल जन्माइ दिएर उल्लेख्य योगदान गरे । उनी बिश्व नेपाली संघका साहित्यक मन्त्री त्यसपछि केन्द्रीय सभाका मूलमन्त्री भई देश बिदेशमा रहेका सम्पूर्ण नेपालीलाई भाषिक ऐक्यवद्धतामा संलग्न गराउन र भाषा विकास र उत्थानमा उल्लेख्य भूमिका खेलेका छन् । उनी नपाल पत्रकार संघ तथा त्यसपछि एमएनओ राजनीतिक संस्थामा आवद्ध रहँदै आएका छन् ।
सामाजिक जीवन
गोपाल गुरुङको सामाजिक जीवन सकारात्मक नै रहेको देखिन्छ । उनी समाज बिकास निर्माणका हरेक क्रियाकलापमा अभिरुचि पूर्वक संलग्न रहन्छन् । उनको बाल्यवस्थामा पनि जानी, नजानी, बुझि नबुझी, यस्तो कार्यमा जुटेको देखिन्छ । सामाजिक कार्य चाहे त्यो समाजमा देखिएको कुलत, बिकृति हटाउन, शिक्षा प्रचार गर्न, बाटो घाटो बनाउन तथा समाजको भलो हुने खालको समाजिक कार्यमा समर्पित हुनु नै समाजिक जीवन बिताउनु हो । यस काममा विशेष रुपले उनले शिक्षा क्षेत्रमा र समाजमा व्यापक रुपमा फैलिएर बसेको जाँड रक्सी खाई झै झगडा गर्ने लत हटाउने काममा सक्रिय देखिन्छन् । उनले रुढीवादी र अन्धविश्वास निर्मुल गर्ने  काममा तथा बलियोले निर्धोलाई, ठूलोले सानालाई, धनीले गरिवलाई हेप्ने थिचो मिचो रोक्ने काममा सानैदेखि जानी नजानी, सकि नसकी, योग्दान गर्दै आएका छन् । यसरी उनीद्वारा गरेका समाज सुधारका कार्यहरु यस प्रकार छन् । 
उनी सानै छँदा समाजमा जाँड रक्सीले मातेर सिस्नु घारीमा जाकिएको र बाटोमा बेपर्वाह लडेको छातीमा मुड्किले हिर्काउदै निहुँ खोज्ने जस्ता क्रियाकलापले खिन्न हुन्थे । उनलाई यस्तो कुलत मन पर्दैन । उनी सानोमा अत्यन्त चञ्चले, बद्मास, निडर भएकाले गाउँ घरको नराम्रो काम हटाउन धेरै मद्दत पुग्यो । उनी सानै छँदा आफ्ना दौतरीलाई घरमा भेला गरेर पढाउने गर्थे । यसरी विनाखर्च पढ्न पाउँदा साथीहरु बटुलिन्थे । पछि यहि पढाउने काम र पढ्ने समूह नै ‘लेवर वेलफेयर’ मा परिणत भयो । त्यस पछि केटाहरु मात्र नभई केटीहरु पनि पढ्न आउन थाले । उनीहरु दिउँसो भरि आफ्नो कार्यमा व्यस्त भए पनि बेलुका भेला भई पद्थे र कहिले काँही नाच्ने, गाउने र रमाइलो गर्ने गर्थे । त्यस बेला गीत गाउन सिकेकोले उनलाई कविता लेख्न पनि मद्दत पुग्यो । 
उनले एक पटक गाउँले चिया गोदामको अफिसमा काम गर्न थालेका थिए । त्यस गोदामको कैयाँ मालिकले कामदारहरुबाट औषधीको लागि पनि खर्च काट्ने तर औषधी वितरण नगरेको थाहा पाए पछि उनले पढ्न आउने सबैलाई भनी दिए र किताब किन्ने पैसा मागी उपद्रो मच्चाएर पछि कैयाँबाट विद्यार्थीले पुस्तकहरु निशुल्क पाए र पढ्नेहरुको लागि पढ्नेहरुको लागि डेक्स, बेञ्चको पनि व्यवस्था मिलाइ दिएको थियो । यसरी उनी समाजमा देखिएका अन्याय अत्याचारको विरुद्ध लागि पर्दै गए, पीडितहरुलाई राहत दिँदै गए । उनी कक्षा तीनदेखि स्काउटमा लागेका थिए । स्काउटमा राम्रो गर्न प्रतिज्ञा गराउने हुनाले यसैको प्रभाव स्वरुप उनी यसैतर्फ अग्रसर भए । यसैको प्रभावले उनको व्यक्तित्वले सत्मार्गतिर लाग्न प्रोेत्साहन गर्नुका साथै सहयोग पु¥यायो । 
यसरी वाल्यकालदेखि जानी नजानी शिक्षा फैलाउन लागेको ठिटो कुसंस्कार हटाउनेतर्फ अग्रसर हुने भावना युवा अवस्थामा आइपुग्दा उनमा झांगिएछ । एकताका उनी विश्व नेपाली संघका साहित्यिक सचिव भएर भारत र नेपालमा साहित्यिक व्यक्तित्वहरुसँग भेटघाटमा जुटे र उनीले त्यसैको उत्थानमा दौडधुप गरे । त्यस वेला विश्व नेपाली संघका केन्द्रीय कार्यालय सिन्द्री धनवादमा थियो र उनी यसको शाखा मुम्बई र नैनीतालमा खोल्ने काममा सक्रिय रहे । उनी चेलीबेटी वेचविखन गर्ने काम र नेपालबाहिर प्राय भारतमा भाँडा माझ्न र पाले काम गर्न निस्केका नेपालीहरु विभिन्न कारणले दुःखमा फसेकाहरुको उद्धारमा लाग्दा उनीहरुले नै उल्टो धम्क्याउने र हामी राजी खुशीले बिहे गरी आएको भने पछि त्यसबाट टाढिए । उनले पनि बुझ्दा समाज कल्याणको निम्ति स्थापित भएको सो संस्था दरबारसँग सम्बन्ध भएको थाहा पाए । पछि त्यस संस्थासँग सम्बन्धित एक बाहुनी महिला नेपालमा भूमिसुधार अधिकारी बनिन् । त्यस पछि त उनले यस कार्यमा नीच मार्दै गए र भन्छन डक्टरको कुनै औचित्य रहँदैन यदि त्यो विरामीले नै औषधी खाइदिँदैन भने । 
समाज कल्याणको क्रममा नीच मारी यसै रोगले पीडित भए पछि त्यहि पीडा कम गर्न उनी असमको ग्वालापाडाको हात्ती, बाघको रजाइँ भएको जंगलमा गोठ गरेर बस्नेहरुलाई शिक्षा दिने काममा पुगे । उनले इलामको कोल्बुङमा बाख्राको खोरमा पनि ठिटाहरुलाई पढाउने काममा विताए र म्याग्दी जिल्लाको चार हजार पर्वत राखुमा बि।सं २०११ तदनुसार सन् १९५३ मा स्कुल खोलेर पढाउने काम पनि गरे । एकताका झापाको औलो र कालो ज्वरो लाग्ने ठाउँ अनारमनी र गौरी गञ्जमा उनले मास्टर बस्दा साहित्यिक पत्रिकासँग सम्बन्धित भएर शैक्षिक क्षेत्रमा सामाजिक कार्य गरे । उनले काठमाण्डौँमा हुँदा दलितको उद्धार हुनुपर्छ भनेर दलित नेताहरुसँग दौडधुप पनि गरे । उनले गुरुङ समुदायको कल्याणार्थ जनवरी १९८४ बुटवलमा तमु छोंझ संस्था खोली त्यसका जेनेरल सेक्रेटरीको रुपमा कार्य गरे । पञ्चायती व्यबस्था ढले पछि पोखरामा तमुहरुको एउटा अधिवेशन भयो । त्यसमा उनलाई पनि निम्त्याइएको थियो । फलस्वरुप गुरुङहरुसंग सम्वद्ध तमुका दुवै संस्थालाई एउटै बनाउने काम भयो, जुन आज नेपाल भित्र र बाहिर तमु छोंझ धी नामले व्यापक परिचित छ । बुटवलमा खोलेको तमु छोंझकै कारणले त्यहाँ गएर बोलिदिएको तथा उनको न्युलाइट साप्ताहिक समाचार पत्रमा उनले आवाज उठाई दिएकै कारणले बुट्वलको चोक पुग्नु अघि बनेको एउटा राम्रो गुम्बा छ, जुन पञ्चायत कालमा नगर पञ्चायतले त्यो गुम्बाको घेरो बुलडोजर लगाएर भत्काइदिएको थियो । उनी त्यसको बिरोधमा उभिए, कराए, चिच्याए र कलम चलाए पछि उक्त खम्बाहरु गडिदिएको छ र आज हाम्रो गुम्बा बनेको छ । 

प्रत्येक वर्षको लोसारमा उक्त गुम्बामा उनी निम्त्याइन्थ्यो तर त्यस भेगका गुरुङहरुको व्यवहारले मन भाँचिए पछि उनले बि।सं। २०५२ को लोसारपछि आफूलाई ननिम्त्याउने सल्लाह दिए र निम्त्याइए पनि उपस्थित नहुने जनाए पछि उनलको त्यहाँ जाने क्रम रोकियो । यसरी उनी प्रारम्भमा सामाजिक साहित्य पत्रकारीता हुँदै वर्तमानमा पूर्ण रुपमा राजनीतिमा सक्रिय रहेका छन् । अबको बाँकी जीवन राजनीतिमै क्रियाशील रहने बताउँछन् ।
राजनैतिक जीवन
   गोपाल गुरुङका वुवा तेज बहादुर गुरुङले उनको राजनीतिक मञ्चमा गोपाल गुरुङलाई उभ्याइदिन्थे र दुई चार कुरा बोल्न लगाउँथे । उनी पनि रातोपिरो हुँदै अक्मकाउँदै बोल्थे । उनको स्नातकोत्तर गर्ने धोको पनि राजनीति गर्नकै निम्ति थियो । त्यसताका गौरीगञ्जको एउटा पुजारीले शिवको मन्दिरको नाममा दिनहुं एक गोरु गाडा दाउरा ओसारेर सिमापारी लगी बेच्ने गर्थे । यसबारे उनको विरोध मात्र नगरि लेखेर वन मन्त्रालयमा नै पठाए । यसरी उनले दाउरा ब्यापारको विरोध गर्दा कोलाहल नै मच्चियो र सबै जसौ भ«ष्टचारीहरु जुटेर एक भई उनी माथि हिन्दू धर्मका विरोधी, नास्तिक र क्रिश्चियन भएको आरोप लगाए । उनलाई यहि आरोपले शिक्षण पेशाबाट हटाउने अनेक दुष्प्रयास गरे । उनको विरोधमा झुठो आरोपको फायल नै तयार पारे । यसरी आफ्नै विरुद्ध बनाइएको झुठो फायलमा उनलाई नै सही गर्न लगाउने बैठक राखे । उक्त बैठकमा उनी उपस्थित भए तर सही गरेनन् र भने, ‘जब सम्म कुनै वस्तु सेतो देख्छु तव सम्म सेतै भन्छु । तर कसैको दबावमा रातो, कालो भन्दिन , भनी उठेर हिंडे । तव उनलाई नास्तिक हिन्दु विराधी, क्रिश्चयन भएको आरोपमा मुद्दा हाल्न मन्दिरकै भ्रष्टचारी पुजारी कोटेश्वर गिरी चन्द्रगढी पुगे । यस काण्डले उग्ररुप लिएपछि अञ्चलाधिस लगायत पुलिस इन्सपेक्टर पनि सही कुरा बुझ्न पुगे । तर अन्त्यमा उनको जीत भयो र सबै तयार पारिएको फायल जलाइयो । एकपटक उनी अनारमनी बिर्तामा जुनियर हाइस्कुलका प्रधानाध्यापक भएर आए । त्यहाँ कोषमा शिक्षकलाई तलब दिने पैसा रहेनछ । त्यसैले उनले मिलवाला जमिन्दार तथा अभिभावक बोलाई भेला गरि बैठक बसे र केही नलागे पछि उनले झण्डै महिना दिनसम्म विशेष छात्रा विधार्थीहरुलाई तालिम दिइ भाषण गर्न सक्ने बनाएर जुलुस गर्न पठाए । विद्यार्थीको जुलुस हाट बजारतिर नारा लाउन र अञ्चलाधिसको कार्यालयमा उजुरी गर्न गए त्यसको परिणाम राम्रै भयो । अञ्चलाधिसले कार्यालय मार्फत शिक्षकलाई तलब भत्ता खुवाउने मासिक रुपियाँ महिनै पिच्छे पठाउने भयो र उनी कार्यरत रहँदा सम्म राम्रै प्रकारले पारिश्रमिक उठयो । त्यसैले उनी चुप लागी बसेर तिनीहरुको इशारामा नाच्न थाल्ने हो भने केही हुंदैनन् भन्छन् । उनका वाबु ज्यादै इमान्दार कम्युनिष्ठको आरोपमा कंग्रेसले नोकरीबाट निकाला गरेपछि आर्थिक समस्या झेल्दै एक इमान्दार कम्युनिष्ठ भएर विते । मर्नु अघि छोरासँगको कुराकानीमा उनका वाबुले भन्थे “मेरो एउटा मनभित्रको चाहना छ, मेरा चार छोरामा तँ चाहिं राजनैतिक क्षेत्रमा ख्याति प्राप्त स्थापित व्यक्तित्व बनेस्” । उनको चाहना पुरा गर्ने धोकोसँगै व्यवहारमा भोगिएको हेपाई पेलाई तथा आफ्नै देशमा आफैं सुकुम्वासी बनेको यर्थाथ बुुझी उनी आजिवन राजनीतिमा लागेका हुन् ।
उनलाई वास्तविक नेपाल चिन्न झण्डै २० वर्ष लाग्यो । यसविच उनले पूर्वी नेपालको भीर पहारामा अवस्थित गाउँ ठाउँदेखि लिएर पश्चिम भेगका पहाड कन्दरासम्म हिंडेर नै चहारिसकेकाले बिकट गाउँमा भुटेके मकै र गुन्द्रुकको अचारले छाक टार्ने विवश जनतादेखि दरबारको ऐश आराममा बसेर मोज गर्नेसम्म चिनजान गरेर कुराकानी गरे । प्रारम्भमा उनको राजाप्रति अत्यन्त श्रद्धा थियो । उनले राजालाई गरिबको दुःख थाहा हुँदैन भन्ने बुझी राजा महेन्द्रलाई दुईपटक देशको वास्तविकता छर्लङ्ग्याए । उनले राजासँग पहिलो भेट ४५ मिनेट गौरीगञ्ज नजदिक क्याम्पमा र दोस्रो भेट विराटनगरको देशब्यापी राष्ट्रिय साहित्यिक गोष्ठीमा २५ मिनेट कुराकानी गरे । उनले देश र जनताको वास्तविकता र पीडा पोखे । राजा महेन्द्रको इहलिला शेषपछि राजा बीरेन्द्रले उनलाई वि।स।२०२९ सालमा दरबारमा बोलाए । दरबारमा राष्ट्रिय–अन्तराष्ट्रिय विषयमा एक घण्टा कुराकानी भयो ।
उनले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नु अगावै यसबारे सोच्न आग्रह गर्दागर्दै हिन्दुराष्ट्र घोषणा भयो । यहि अनुरुप देशको संविधान बनाउनेतर्फ पाइला नचाल्न भनेर लेखिएको सम्पादकीय बाहुनहरुको कन्सिरी तात्ने खाल्को थियो, जसमा गुरुङले “नेपालमा गोरु काट्न पाउनु पर्छ । कलकताबाट ल्याइने गोरुको मासुले काठमाण्डुको ठुल्ठुला होटल चलेका छन् । गोरुको मासु मगाउन बन्द गरिनु पर्ने भए यो नारा दिने बाहुनले ठुल्ठुला होटल बन्द गराएर त्यसको हर्जाना तिर्नु पर्छ” भनेर लेखेका थिए । 
राजाको विराधमा डटेर लेख्न थालेपछि र दरबारबाट थालिएको नेपाललाई शान्तिक्षेत्र घोषणाको नीतिप्रति विरोध गरे । यसपछि उनको जीवन झनै कठोर दुःखदायी र कष्टप्रद भयो तर उनी रत्तिभर डराएनन् । सन् १९८० अर्थात वि।स।२०३६ सालदेखि त उनी राजा र हिन्दुराष्ट्रको विरोधमा खुलेर नै लागे । भैरवा, बुटवल, दमौली, लमजुङ, पोखरा र काठमाण्डौं जस्ता ठाउँहरुमा उनी दरबार र हिन्दुराष्ट्रको विरोधमा बोल्न र लेख्न थालेपछि कतिपय पानी मरुवाले यस्तो कार्य छाड्न कुरा गरे भने, कतिपयले त उनलाई दरबारबाट सञ्चालित पनि भन्ठाने । यसरी उनी निरन्तर लडिरहे, अघि वढी रहे । नेपालको राजनीति मुलवासी मंगोलको हातमा जान्छ भनेर उनको जरो नै उखेल्ने जस्ता दुष्प्रयास बाहुन क्षेत्रिहरुबाट निरन्तर भईरहे भने, मंगोल समाजले यो उचाइमा बुझ्नै नसक्ने देखियो । उनी पत्रकार भएकाले उनीहरुको झुठो प्रशंसा र गुणगान गाएर समाचार नलेख्नु नै उनलाई अभिषाप भयो ।
 पद्म सुन्दर लावती सुचना मन्त्री हुंदा उनले नियमित ‘न्युलाइट’ प्रकाशन गरेवापत सूचना विभागबाट पाउनु पर्ने विज्ञापनको रकम नै बन्द गरिदिए । रुद्र प्रसाद सूचना मन्त्री हुँदा उनलाई पत्राकारको कोटामा पाउनु पर्ने टेलिफोन सुविधा उपलब्ध गराइएन । सिंहदरबारको माथिल्लो तलामा बस्ने मन्त्रीलाई भेट्न जाँदा उनलाई नाना तरहको कुरा गरि दुःख मात्र दिए । उनी यसरी मान्छे भएर अर्को मान्छेसँग कस्तो व्यवहार गर्नु पर्छ भन्ने नै नजान्ने तथा हेपाह प्रवृत्ति भएको मान्छेलाई मान्छे नै नगन्ने जस्तो हेपाई, पेलाईमा, धेरै पटक परेको कुरा कहिल्यै विर्संदैनन् । त्यस्ता केही सान्दर्भिक घटनाहरु यसप्रकार छन् ।
एकताका उनी कोरियालीहरुको निमन्त्रणामा कुलेखानी जलविद्युत निमार्ण स्थल हेर्न गएका थिए । दुई जना नेवार छाडी सबै बाहुन थिए । एउटै गाडीमा त्यहाँ हाँसो ठट्टा भन्दा पनि एकले अर्कालाई ह्यिाउने र उडाउने गरिरहेका थिए । त्यसैबेला एकजना गुप्तचर विभागको पत्राकार किरण पाण्डेले “गुरुङजी लाहुरे हुनु पर्ने हो कसरी पत्राकार बन्नु भो रु” गुरुङको जवाफ थियो “तपाईंले अहिले बोल्नु भएको लाहुरेको अर्थ त थाहा रु लाहुरे भन्ने शब्द कसरी किन र कहिलेदेखि प्रचलनमा आयो रु अनि लाहुर कहाँ पर्छ पाण्डेजी थाहा त छ रु” तव उनी नाजवाफ भएका थिए । एकपल्ट महानन्द सापकोटा काठमाण्डौं आएर मारवाडी सेवा समितिको होटलमा बसेका थिए । गुरुङ त्यहाँ आफ्नो सम्पादन र प्रकाशनमा निस्केको न्युलाइट पुरयाउन जाँदा सापकोटाले चिडिएर “गुरुङहरुले त तीर धनुष र बन्दुक समात्नु पर्छ”– कलम होइन– भनिदिएछ गुरुङ रांकिएर हिडे । 
  एक साँझ इजरायली दूतावासको पार्टीको निमन्त्रणामा गुरुङ पनि उपस्थित थिए । त्यहाँ उनले पहेंलो टाँक भएको रातो कोट लगाएका थिए । गुरुङको अघि पर्नासाथ तत्कालिन ‘आरती’ साप्ताहिकका प्रकाशक सम्पादक इन्दुकान्त शर्माले भनेछन् “गुरुङजीको त वटन पनि सुनको रहेछ नि ।”अभावै अभावको जीन्दगी जिउने गुरुङ चाकरी र चाप्लुसी नजान्ने, आवश्यकता पुरा गर्न हम्मे परेको बेला विलासिताका शान्दार सुटको त कल्पना पनि थिएन । तर त्यस्तो जमघटमा केही झैं नठानी गरिएको व्यङ्ग्य उनलाई असह्य भयो र ओठे जवाफ दिए “इन्दुकान्त जी यो भ«ष्टचारको कमाई होइन” । हुन पनि इन्दुकान्त पत्राकारमा हुनुपर्ने योग्यताहिन र भ«ष्टचारी मुद्दामा परेको सुनेको मात्र होइन पछि उसले केही ख्याति प्राप्त मानिसहरुलाई केही कुराको प्रलोभन देखाएर लाखौं लाख ठगेको मुद्दामा पक्राउ पनि परेका थिए । 
त्यस्तै सन् १९७८ तथा वि.स. २०३५ सालमा उनी प्रेस फाउण्डेसन अफ एशियाको अधिवेसनमा भाग लिन श्रीलंका पुगे र उनले त्यहाँका राष्ट्रपति, कुटनीतिज्ञ र ख्यातिप्राप्त पत्राकारहरुसँग भेटघाट गरे । श्रीलंकाली दैनिक समाचार पत्र डेली अवजर्भरमा उनको फोटो सहितको समाचार छापिएको तथा उनको आफ्नै साप्ताहिक समाचारपत्र न्युलाइटमा प्रकाशित गरेको देखेर सोल्टी होटलमा विदेशीले दिएको एउटा पार्टीमा तत्कालिन सञ्चार सचिव दिव्य देव भट्टले पत्राकारहरुसँग कुरा गर्दै “त्यो भोटेलाई कस्ले पठायो श्रीलंका रु” भनी प्रश्न उठाएका थिए । 

   क्षेत्री बाहुनहरुका यस्ता अनेकन चोटिला र धारिला घटनाहरुको सामना गर्नु परेकाले यस्ता कटु वचन र अदुरदर्शी र अवुझ निम्न विचारका मंगोलको व्यवहारले उनलाई ठुलो मुल्य चुकाएर पनि अहिन्दू मुलवासी मंगोललाई राजनैतिक चेतना भरिदिने, आँखा खोली दिने, इच्छा जाग्यो । उनी यो मुलुकलाई विदेशी हिन्दु साम्राज्यवादीको आधिपत्यबाट मुक्त गर्ने जिउँदो मंगोलहरुको खोजीमा लागी रहे । हिन्दु आर्यको कौटिल्य नीति, चाणक्य नीति, मनुस्मृति, रामायण, महाभारत,प्रल्हाद भक्तिका कुराहरु र छाडा पुराणका कुराहरु पढेर, लेखेर, सुनाएर आफ्नै बावु आमालाई मार्न लगाउने, आफ्नै दाजुभाईमा शत्रुता पैदा गर्ने तरिकाहरु प्रल्हाद भक्ति सुनाउने र सुग्रीब, बाली,रावण र विभिषणको उपदेश सिकाउने, उनीहरुकै धनसम्पति लुट्ने, तिनीहरुलाई नै आफ्नै भूमिबाट उठीवास लगाउने तथा मूर्ख बनाउने उपाय सिकाइएकाले त्यसको कुप्रभाव अहिन्दु मुलवासी मंगोलहरुमा अत्यन्त नराम्रो प्रकारले परयो । मंगोल समाजमा ४५० ९ सन् १५५९ ०वर्ष अघि अर्थात सन् १६१६ मा द्रव्य शाहले घले राजाको टाउको गिंडेदेखि मंगोलको पतनको दुर्दिन शुरु भएको हो । दासता स्वीकार्नुमा नै गर्व गर्ने सुग्रीव र विभिषण जस्तै दाजुको सम्पति हत्याउन लोभिने हिन्दु आर्यको हनुमान बनेर दाजुको हत्यामा सुरिने समाज बाबुको हत्या गर्दा रमाउने र गर्व गर्ने प्रल्हाद मात्र यत्र तत्र सर्बत्र देखिने समाज उनको विचारसँग मेल नखाने भएकोले उनी यस्तो पेलाई र थिचो मिचो, हेपाइबाट मुक्त गर्ने प्रयासमा जुटिरहे ।

   यसरी उनले एउटा शक्तिशाली हिन्दु आर्य साम्राज्यवादको विरुद्ध बोल्दा उनीमाथि साम, दाम, दण्ड प्रयोग गरिसकेपछि भेदको प्रयोग गर्न जुटे । उनी यो समाजलाई दासताबाट मुक्त गराउन नयां विचारले ओतप्रोत भई नयाँ नेपालका सृजना गर्नको निम्ति समपित भए । तर विचलित कहिल्यै भएनन् । यसरी साहित्यिक, र पत्रकारिता गर्दा गर्दै उनी राजनीतितर्फ लहसिंदै धेरै अघि बढेका छन् । उनको साहित्यिक जिवनमा पनि क्रान्तिकारी भावनाको प्रतिनिधित्व भएको छ । उपन्यासमा पनि उनले सामाजिक विकृतिप्रति विरोध गरेका छन् । उनको कदम कदम र मसिका थोपाहरु शोषक सामन्ती र मिचाहाहरुको विरुद्ध प्रयोग भएको छ । आफु भोको बसेर आउँदो पीडिले भोको पेट बस्नु नपरोस् भन्ने कल्पना गर्नु भएको छ । यद्यपी कहिले काहीं उनी निरास पनि हुन्थे । तर उनले कहिल्यै हरेस खाएनन् । यसरी उनको राजनीति, राज्य र राष्ट्रप्रतिको अवधारणा समाज कल्याणमा पाइलो चाल्दै अघि बढेको विकसित रुप हो यो ।
 
   दमौलीको व्यास गुफाको नाम बदल्नु पर्ने उनको धारणा छ । पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भनेकाले उनी सर्वप्रथम अराष्ट्र तत्व भएको बताउँछन् गुरुङ । उनी नेपाल गणतन्त्र भएको धर्मनिरपेक्ष र संघीय सरकार भनेर भन्नेहरु कतिपय छेपाराले रंग बदले जस्तै रंग बदल्नेहरु पनि छन् । यिनीहरु भारतकै विश्व हिन्दु परिषदको रासस, शिवसेनाहरुकै तालमा नाच्नेहरु ढटुवारेहरु हुन् भन्न कुरा बताउँछन् । 


   यसरी अहिन्दु मुलवासी मंगोलको अस्तित्वको निम्ति कलम र मुख चलाउन गुरुङ वि।स।२०३६ सालमा खुलेर नै निस्के । राजतन्त्रको विरोधमा लोकतन्त्र र गणतन्त्रको पक्षमा तथा सम्पूर्ण मुलवासी मंगोललाई आफ्नै देशमा शरणार्थी बनाउने हिन्दु आर्यको विरोधमा उभिएर प्राणको बाजी थापेर लेख्दा र बोल्दा कहिले जेल जानु परयो त कहिले वर्षौ वर्ष भुमिगत जीवन विताउनु परयो । वि।स।२०४७ साल कार्तिक २३ गते इलामको टुँडीखेलको मञ्चबाट गुरुङले यो संविधान दरबारिया बाहुन क्षेत्री, कंग्रेस बाहुन क्षेत्री र कथित एमाले बाहुन क्षेत्रीको सम्झौता पत्र हो मात्र कागजको खोस्टो हो भनेर भनेका थिए । आखिर त्यसताका एशियाकै सर्वौत्कृष्ट भनिइएको संविधान आज आएर एक कागजको खोष्टो र त्रिपक्षिय सम्झौता पत्र न ठहरियो । यसतो तथाकथित संविधानलाई एमएनओले २०५८ सालमा संविधान दिवसकै दिन कार्तिक २३ गते रुपन्देही र चरिकोटमा जलाइदिए । परिणाम स्वरुप कार्यकर्ता महिनौं दिनसम्म पुलिस हिरासतमा थुनिनु परयो । त्यसैले अर्को नयाँ संविधानको खाँचो परेको छ । 

 गुरुङले राजनैतिक क्षेत्रमा पनि आफ्नो कलम त्यत्तिकै सक्रिय रुपमा चलाइरहेका छन् र अनेक प्रकारका सजायको भागी पनि त्यत्तिकै बनिरहेका छन् । यस्तै सजायको भागी बनाउने उनको राजनीतिक पुस्तक नेपाली राजनीतिमा अदेखा सच्चाईको प्रथम संस्करण वि।स।२०४२ मा दास्रो संस्करण वि।स।२०४४ सालमा निस्केपछि उनी पक्राउ परे । यसमा उनलाई राजगद्दी ताक्यो र साम्प्रदायिकता फैलायो भनी दुइवटा राजद्रोही मुद्दा एकैपटकमा लगाइयो । यी दुइ मुद्दाको अभियोग लागी जेलमा रहेकै बेला गुरुङले एमएनओको घोषणा पत्र, झण्डा, स्यालुट तयार पारी जेलभित्र नै यो संगठन खोलेका थिए । अर्को पुस्तक प्रकाशित भएपछि वि।स।२०५८ साल भाद्रबाट ५ वर्ष भुमिगत भई भारतमा बस्नु परयो । पहिलो पुस्तक नेपाली र अंग्रेजीमा गरि छैंटो संस्करण सम्म प्रकाशित भएको छ भने दोस्रो पाँचौ पटक सम्म । यो पुस्तक मलेशिया बाट पनि प्रकाशित भएको छ । दोस्रो पुस्तक भारतबाट हिन्दी र महाराष्ट्र भाषामा पनि प्रकाशित भएको छ । दोस्रो पटक दुई गाडी प्रहरीले घर घेरेर पनि उनलाई पक्रन नसके पछि घरमा कोही नभएको बेला पाहुना बहिनी कृष्णालाई १८ दिनसम्म प्रहरी हिरासतमा राख्दा पनि केही नलागे पछि छाडी दिएका थिए । त्यसपछि उनको घर दिउँसै चोराइयो । तर पनि उनी फर्किएनन् । उनले वि।स।२०५२ मंसिर २९ गतेमा नै राजा बीरेन्द्रलाई र ज्ञानेन्द्रलाई २०५८ श्रावण १२ गते आजिवन राष्ट्रपति भएर बस्ने र नेपाललाई धर्मनिरपेक्ष प्रान्तिय सरकार घोषणा गर्ने अनुरोध गरी पत्र लेखेका थिए । यहि कुराको माग गर्दै विभिन्न पत्रपत्रिकामा अन्र्तवार्ता दिए र सम्पादकीय लेखि प्रकाशित गरे । गुरुङ यसरी राष्ट्रमा भएको दमन शोषण तथा हिन्दु साम्राज्यवादी प्रवृत्तिबाट सम्पुर्ण मंगोललाई मुक्त राख्न निरन्तर राजनीतिमा सकृय रहेका छन् ।

gurung.jpg 213.63 KB

नोट ः शोधार्थी दिल कुमारी सुनुवारद्वारा २०६५ सालमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नाकोत्तर तह दोस्रो वर्षको दसौ पत्रको परिपुर्तिको लागि प्रस्तुत “गोपाल गुरुङको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन” शीर्षक शोधपत्रबाट केहि अंश सम्पादन नगरी जस्ताको त्यस्तै साभार गरिएको छ । डा। गोपाल गुरुङको जुन १०, २०१६ मा निधन भएको थियो ।


Share This