Loading...

बौद्ध भिक्षु माथि आक्रमण भएकोमा MNO-DGG ले निकाल्यो विज्ञप्ती

दिनाङ्कः 08 अप्रिल 2024

प्रेस बिज्ञप्ती !
२०८० चैत्र २४ गते भद्रकाली काठमाडुंमा भएको एक कार्यक्रममा आन्दोलनकारी र राज्य प्रशासन झडप हुँदा त्यहाँ सांस्कृतिक झाकी प्रदर्शन गर्न आउनेलाई बरबरतापूर्वक दमन गरिनुका साथै भिडमा एक बौद्ध भिक्षु माथि लात र लठिले हिर्काउदै नेपाल प्रहरीबाट आक्रमण भएको दृश्यले मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । 
नेपाल बुद्धको देश भनेर गर्व गर्नु पर्नेमा, नेपाल सांस्कृतिक विविधता भएको देश भनेर गर्व गर्नु पर्ने ठाउँमा आज यसरी निर्मम दमनको शिकार राज्यप्रशासनबाटै हुनु घोर आपति जनक छ र राज्य प्रशासनको यस्तो ज्यादतीपूर्ण कार्यको घोर भत्र्सना विरोध गर्दछ ।
भिक्षुले एक मिडियामा दिएको बयान अनुसार यहाँ कला प्रर्दशन गर्न आएको बताउनु भएको छ । एक्कासी भएको झडपमा कोही ढ्याङ्ग्रो, डम्फु बोकेकाहरु अघि पछि देखिएका छन भने भिक्षु आफ्नै रप्तारमा हिडिरहेका हुन्छन । प्रहरीले कसैलाई टाउकामा लठी बर्साइरहेका छन भने भिक्षुलाई पछाडिबाट लखेटी लखेटी बुट बजार्दै गरेको दृश्य सामाजिक सञ्जाल मार्फत संसारभर भाइरल भएको छ । भिक्षुहरु कुनै प्रकारको आक्रमण भए पनि प्रतिरोध गर्दैनन् । चिवर धारण गरेका भिक्षुहरु बुद्ध जस्तै हुन् । उहाँहरुलाई अपमान, हिंसा गर्नु, दुव्यवहार गर्नु भनेको पनि बुद्धलाई अपमान गर्नु सरह हो । बुद्धको देशमा भिक्षुहरु कुटिनु अपमानित हुनु त्यो पनि राज्य प्रशासन बाटै, जिम्मेवार निकायबाट यो लज्जास्पत कुरा हो । यस्तो दृश्य देखेर संसारले गिज्याइरहेको होलान । अब राज्यले गम्भिरतापूर्वक लिने र छानविन गर्ने की नगर्ने राज्यको दायित्वको कुरा हो तर यस्तो अत्याचार हुनु दुःखद कुरा हो । 
 नेपालको संविधानले नेपाल बहुसांस्कृतिक देश हो र सबैको सांस्कृतिक अधिकारको प्रत्याभुति गरेको भनेको छ । कसैले च्याब्रुङ बजायो, कसैले ढोल बजायो, कसैले डम्फु बजायो भनेर रिश गर्दै ढोल, च्याब्रुङ फुटाइ दिने ? कला देखायो भनेर खेदी खेदी आक्रमण गर्ने ? यो दृश्य पनि देख्न पाइयो । लोकतन्त्रको नाममा ठोकतन्त्र चलाइनु हुन्न भन्ने हाम्रो संगठनको मान्यता हो । यसर्थ राज्य प्रशासनको यस्तो दमनकारी नीति सहन जनता तयार छैन भन्ने राज्यले बुझ्न जरुरी छ । साथै सांस्कृतिक दमन, भिक्षु माथीको आक्रमण किन र केका लागि राज्य प्रशासनबाट भयो ? स्पष्ट छानविन गरि दोषी माथी कार्वाही गरियोस । यदि यस्तो ज्यादती कायम रहे एमएनओडिजिजि चुप नरहने यसै पे्रस विज्ञप्ती मार्फत प्रष्ट पार्न चाहन्छौं । –जय मंगोल  
 

 
बीरलाल राई
प्रसिडेण्ट

bhikkhu.jpg 816.74 KB


Share This